लुदस, कपिलबस्तु । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का प्रत्यक्ष तर्फका उम्मेदवार विश्राम प्रसाद थारुले घरदैलो कार्यक्रम मार्फत जनतासँग गरेका प्रतिवद्धतालाई पुनः दोहो¥याउँदै विकास र सुशासनप्रति आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट उम्मेदवारी दिएका थारुले “सीपयुक्त युवा, आत्मनिर्भर समाज” को मूल नारासहित सडक, सिँचाइ, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई प्राथमिकतामा राख्ने स्पष्ट योजना अघि सारेका छन्।
घरदैलोका क्रममा उनले जनताका समस्या सुन्दै समाधानमुखी नेतृत्व दिने वाचा गरेका छन्। नागरिकको जीवनस्तर उकास्दै समृद्ध कपिलवस्तु निर्माण गर्ने लक्ष्यसहित उनले सूर्य चिन्हमा मतदान गरी साथ दिन आग्रह गरेका छन्।


















