ताजा अपडेट

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

लुम्बिनी दर्पण २०८३ बैशाख २५, शुक्रबार १७:०८
[sharethis-inline-buttons]

विश्व रेडक्रस दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकेडेमीमा अध्ययनरत जुनियर रेडक्रश सोसाइटीका विद्यार्थीहरुले समुदायस्तरमा मानवता, करुणा र सेवाभावसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । “कीप ह्युमानिटी एलाइभ” भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको सन्देश प्रवाह गर्दै बाणगंगाका विभिन्न स्थानमा पुगेर नागरिकलाई रेडक्रसको भूमिका, मानवीय सेवाको महत्व र सामाजिक उत्तरदायित्वबारे जानकारी गराएका हुन् ।

विद्यालयमा गठित जुनियर रेडक्रस सोसाइटीको आयोजनामा सम्पन्न कार्यक्रम बाणगंगा नगरपालिका अन्तर्गत बनगाई, बोडगाउँ र चारनम्बर क्षेत्रमा केन्द्रित गरिएको थियो । विद्यार्थीहरुले हातमा सन्देशमूलक प्लेकार्ड बोकेर मानवता, सहयोग र सहकार्यको भावना विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । विद्यालयका प्रिन्सिपल तृष्णा तिवारी घिमिरेका अनुसार विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई सामाजिक उत्तरदायित्वसँग जोडिनु अहिलेको आवश्यकता रहेको भनाइ छ । उनका अनुसार विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यार्थीहरुलाई समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय समाजमा बढ्दो स्वार्थ, विभाजन र असहिष्णुताबीच मानवताको भावना कमजोर बन्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

  

“विद्यार्थीहरूलाई सानैदेखि सेवा, सहानुभूति र सहयोगको भावना सिकाउन सके

समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ,” तिवारीले भनिन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले नेपाल रेडक्रस सोसाइटीको स्थापना, यसको आपतकालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सेवामा रहेको भूमिकाबारे स्थानीय नागरिकलाई जानकारी गराएका थिए । उनीहरुले “आउनुहोस्, सधैं मानवताको पक्षमा उभिऔँ” भन्ने सन्देशसमेत समुदायमा प्रवाह गरेका थिए । हरेक वर्ष मे ८ मा मनाइने विश्व रेडक्रस दिवस रेडक्रस तथा रेडक्रिसेन्ट आन्दोलनका संस्थापक

हेनरी ड्युनाको जन्मदिनको स्मरणमा मनाइन्छ । सन् १८६३ मा स्थापना भएको अन्तर्राष्ट्रिय रेडक्रस आन्दोलनले युद्ध, प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा विश्वभर मानवीय सहायता प्रदान गर्दै आएको छ ।

नेपालमा पनि नेपाल रेडक्रश सोसाइटीले विपद् उद्धार, रक्तसञ्चार सेवा, स्वास्थ्य सचेतना तथा मानवीय सहयोगका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रम, रक्तदान, र्‍याली तथा सामाजिक अभिया

न सञ्चालन गरिएका थिए । बाणगंगामा आयोजित विद्यार्थीको यो अभियानले समुदायमा मानवता, सहकार्य र सेवाभावको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीले बताएका छन् ।


प्रकाशित : २०८३ बैशाख २५, शुक्रबार १७:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

  • सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

  • ‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

  • विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

  • भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech