ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

लुम्बिनी दर्पण २०८२ पुष १६, बुधबार १५:२९
[sharethis-inline-buttons]

कपिलवस्तु, 
कवि शिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीको अवसरमा बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजना तथा बाणगङ्गा नगरपालिकाको सहयोगमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम बाणगङ्गा नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख चक्रमणी अर्याल प्रमुख अतिथि रहनुभएको थियो। यस्तै, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष कमल पौडेल, बाणगङ्गा सामुदायिक पुस्तकालयका उपाध्यक्ष दोलखबहादुर पछाइ, बाणगङ्गा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरे, राधा पाण्डे, देवका भण्डारी, दधी स्मृति साहित्य समाजका कोषाध्यक्ष बाबुराम भण्डारी, प्रकाश भुसाल, राधिका आचार्य, साहित्यप्रेमी अध्यापक बुद्धिराज आचार्य, अशोक बेल्बासे, लालमणि अधिकारी, डिल्लीराम भट्टराई, लक्ष्मण आचार्य, कमला ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।

‘नैतिकता र सदाचार’ शीर्षकमा सम्पन्न प्रतियोगितामा ११ जना प्रतियोगी सहभागी भएका थिए। प्रतियोगितामा बाणगङ्गा माध्यमिक विद्यालय लौगाईमा कक्षा ११ मा अध्ययनरत छात्रा जोशिका कँडेल (निशा) प्रथम, सगरमाथा बोर्डिङ स्कुलका आयुष अधिकारी दोस्रो तथा बाल ज्योति बोर्डिङ स्कुलकी रुही थापा तेस्रो हुन सफल भएका छन्। यस्तै, ज्ञानपुञ्ज बोर्डिङ स्कुलका शिखर अर्यालले सान्त्वना स्थान प्राप्त गरेका छन्। विजयी प्रतियोगीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

शैक्षिक व्यक्तित्व सूर्यप्रसाद भुसालको संयोजकत्वमा कृष्णप्रसाद घिमिरे र लेखनाथ घिमिरे सदस्य रहेको मूल्याङ्कन समितिले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो।

कार्यक्रममा सहभागी सबै प्रतियोगीसँगै राधा पाण्डे, डिल्लीराम भट्टराई, लालमणि भट्टराई, लक्ष्मण आचार्य तथा कमला ज्ञवालीले शुभकामना मन्तव्यसहित आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि नगर प्रमुख चक्रमणी अर्यालले यस्ता सृजनशील प्रतियोगिताले नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक जग बलियो बनाउने उल्लेख गर्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि भक्तिराम मरासिनीले कवि शिरोमणि लेखनाथ पौडेलको साहित्यिक योगदानको स्मरण गर्दै जीवनमा गति, यति र लयको महत्वबारे शिक्षक तथा विद्यार्थीलाई अभ्यास गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सल्लाहकार बुद्धि सागर बेल्बासेले आफ्नै गीति रचनासहित स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमबारे जानकारी फोकल पर्सन बुद्धि सागर सुवेदीले दिनुभएको हो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सदस्य राधा पाण्डेले गर्नुभएको थियो।


प्रकाशित : २०८२ पुष १६, बुधबार १५:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

मन सफा छ, व्यवहार सरल छ

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech