


प्रकाशित : २०८३ बैशाख ३०, बुधबार १६:२६

पुर्णचन्द्र परियार
बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुलले आफ्नै विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरी यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।
विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा विभिन्न विद्यालयबाट एसईई परीक्षा दिएका तथा उत्कृष्ट अंक प्राप्त गरेका छात्र–छात्राहरुलाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल नारायण पौडेलले जानकारी दिए।
उनका अनुसार विद्यालयले सानै उमेरदेखि विद्यार्थीमा अनुशासन, नैतिक शिक्षा र गुणस्तरीय अध्ययनको आधार तयार गर्दै आएको छ। “हाम्रा पूर्व विद्यार्थीहरूले विभिन्न विद्यालयबाट अध्ययन गरेर पनि उत्कृष्ट नतिजा ल्याउनु विद्यालयका लागि गर्वको विषय हो,” उनले बताए।
कार्यक्रममा बोल्ने वक्ताहरुले बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुल साना बालबालिकाका लागि उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताएका थिए। उनीहरुले विद्यालयले बालमैत्री वातावरण, गुणस्तरीय शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
सम्मानित विद्यार्थीहरुले आफूहरुको शैक्षिक यात्राको आधार बुद्धशान्तिमा निर्माण भएको बताउँदै विद्यालयप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो।



















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
