लुदअ कपिलवस्तु, बैशाख १९
प्रदेश पाँचमा एकै दिन दुई जनामा कोरोना संक्रमण देखिएको छ । यस अघिसम्म यस प्रदेशमा कोरोना संक्रमित भेट्टिएका थिएनन् । दाङसँगै सीमा जोडिएको बाँके र रुपन्देहीमा कोरोना संक्रमित भेट्टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आरटीपिसीआर प्रविधिबाट परीक्षण गर्दा बाँके निवासी ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै रुपन्देहीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी भारत हुँदै नेपाल आएका हुन् ।
अहिले दुबैको अवस्था सामान्य रहेको छ । आज दुईजना थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । आजसम्म संक्रमति मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।