बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ८२ पुग्यो

[sharethis-inline-buttons]

लुदअ २३ वैशाख, काठमाडौं
नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।


प्रकाशित : २०७७ बैशाख २३, मंगलवार ०२:३४