ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

गोरु तस्करीलाई कारवाही गर –सम्पादकीय

लुम्बिनी दर्पण २०७६ चैत्र १३, बिहीबार ०७:१३
[sharethis-inline-buttons]

मोहन बेल्बासे
पछिल्लो समय कपिलवस्तु गोरु तस्करीको अखडा बन्दै आएको छ । कोरोना भाईरसका कारण जिल्ला मात्र नभएर विश्व नै माहामारी भैरहेका बेला समेत तस्करी रोकिएको छैन् ।

जिल्लाको कपिलवस्तुको शिवराज नगरपालिकाबाट १० मृत गोरु सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको छ । ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको प्रहरीले जनाएको छ । स्थानियले मरेका गोरु ट्रकबाट झारि गाड्न खोज्दा रोकेर प्रहरीलाई खबर गरेका थिए ।

भेटनरीले चैत्र १३ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाएको छ । सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए । तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुरु, शिवपुर हँुदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जगदीशपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संगग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिएको कारवाहीका लािग पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएपनी यो रहस्यमय छ ।

पछिल्लो समय कपिलवस्तुको पश्चिमी क्षेत्र गोरु तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको हो । जिल्लाको सिमा आसपासका क्षेत्रबाट खुलेयाम नेपाल र भारतका गोरुहरु तेस्रो मुलुक बङ्गलादेश पुग्ने गरेका छन् ।
तस्करहरुले जिल्लाको पश्चिम बहादुरगंजमा गोरुहरु डम्पिङ्ग गरी ट्रकका ट्रक कपिलवस्तुबाट देशको पूर्वी भाग सर्लाहीको नवलपुर र काँकडभित्ता हुँदै तेस्रो मुलुक पुग्ने गरेको रहस्य खुलेको हो । यसरी खुलेयाम जाने अवैध गोरुलाई बहादुरगंन्जमा लाग्ने हाट बजारले बैधता दिने गरेको छ ।

भारत र नेपालका गोरुहरु जम्मा गरेर तस्करहरुले पशु हाट बजारको रसिद लिएर बैध बनाउने गरेको पाईएको हो । केहिदिन अघि बुद्धभुमि नगरपालिकाको प्रगतिनगर भित्री सड्कमा २ दर्जन बढी गोरुहरु डम्पिङ्ग गरिएको थियो ति गोरुहरु बहादुरगंन्जमा बजार विक्रि गर्नका लागि तयारी अवस्थामा राखेको त्यस कार्यमा संलङ्गन व्यक्तिले दर्पणकर्मीलाई बताए । एउटा गोरु संकलन स्थलसम्म ल्याए वापत आफुहरुले प्रति गोटा ५ सय देखि एक हजार रुपैया सम्म पाउने गरेका कारण यो पेशा गर्दै आएको ओसार पसारमा संलग्नहरु बताउछन् । यसरी ल्याइएका गोरुहरुको साहु र प्रकृयाका बारेमा आफूहरुलाई केहि थाहा नभएको अनविज्ञता प्रकट गरेका छन् । यता जिल्लाको तौलिहवा आसपासका क्षेत्र र शुद्धोधन गाउँपालिका क्षेत्रबाट पनी गोरुहरु तस्करी हुने गरेका हुन् ।

यसरी पट्क पट्क गोरु तस्करी हुँदा ट्रकका ट्रक लोड हुँदै गर्दा पनी प्रशासन नै मौन रहेको छ।
तस्करहरुले कृषि प्रयोजनको खुकुलो मापदण्डको फाईदा उठाउँदै नेपाली बाटो हुँदै ट्रकका ट्रक गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेका छन् । उनीहरुको यस्तो कार्यमा नेपाल र भारतका गोरुहरु तस्करीमा भन्सार कार्यालय, पशु क्वारेन्टाईन र सुरक्षा निकायदेखि केन्द्रीय सरकारका उच्च तहका व्यक्तिहरुको समेत संलङ्गनता हुने गरेको नाम नबताउने शर्तमा एक उच्च ओहोदाका कर्मचारीले बताए ।

भारतमा एउटा प्रदेशबाट अर्को प्रदेशमा गोरु लैजान कडा नियम भएकै कारण उत्तर प्रदेशका गोरुहरु नेपालको बाटो हँुदै देशको पूर्वी भागबाट पुन भारत प्रवेश गराएर गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेको तथ्य खुलेको हो । नेपालमा कृषि जन्य प्रयोजनका लागि पशु चौपाया ढुवानी गर्न पाउने व्यवस्था छ । यसै खुल्ला व्यवस्थाको फाईदा उठाउँदै व्यापारीहरु र माथि उल्लेखित स्रोतहरुले जिल्लाको विभिन्न ठाउँहरुबाट गोरु तस्करी बढेको हो । पशु हाट बजार पश्चिम क्षेत्र बहादुरगंज नजिक जवाभारीमा आसपासमा जम्मा गरी तस्करी गर्ने गरेका छन् त्यसको करिव १ किलोमिटरकै दुरीमा प्रहरी कार्यालय रहदा सम्म बेखबर हुनु र चाल पाएर पनि नपाए जस्तो गर्नु रहस्यमय छ । यस विषयमा केहिदिन अधि प्रदेश नं ५ भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई समेत लुम्बिनी दर्पणकर्मीले जानकारी गराएका थिए । तर पनी यसतर्फ चासो नभएको पाईएको छ ।

यता यसरी दैनिकजसो जाने गोरु तस्करीहरुबाट प्रहरीहरुले मासिक र ट्रिप पिच्छे रकम लिने र राजमार्गका सवै चेक पोइन्टमा रकम पु¥याउने गरेका कारण पनि विना रोकतोक गोरुहरु ओसार पोसार भइरहेको श्रोतको दावी छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमशेर राणाले असार, श्रावण र भदौमा गोरुहरु ओसार पोसारमा रोक लगाएको भएपनि माथीको निर्देशन अनुसार कागजात पु¥याएका गोरुहरुलाई रोक्न नमिल्ने बताउदै आएका छन् । साथै उनले यस प्रकृयामा माथीबाट कडाई गर्न सकेमात्र ओसार पोसार रोकिने भन्दै माथीको आदेश आए तत्काल रोक्ने बताए ।

यता केही दिन अघि स्थानीय युवाहरुले गोरु ओसार पोसारमा संलग्न ट्रक रोकेर चेकजाँच गर्दा दाङ् जिल्लाको भेटनरी पत्र बनाएर जिल्लाको जवाभारीबाट गोरु लोड गरेर लैजाने गरेको रहस्य फेला परेको थियो । गाई गोरु नेपाल वाहिर लैजान कानुनी रुपमा प्रतिबन्ध भएपनि तस्करीको सेटिङ्गका कारण पूर्व पश्चिम राजमार्गका प्रहरी चेक प्वाइन्टबाटै खुलेयाम जाने गरेका खबर लुम्बिनी दर्पणमा समाचार प्रकाशित हुदै आईरहेको थियो । यतिबेला कपिलवस्तु, दाङ र रुपन्देही जिल्लाबाट गोरु तस्करी मौलाइरहेको छ भने उक्त क्षेत्रमा रहेका प्रहरी चौकीसंगको सेटिङका कारण विना रोकतोक गोरु तस्करी बढेको हो । दिनहुँ जसो पश्चिमक्षेत्रबाट प्रहरी चेकप्वाइन्टबाटै रातीको समयमा ५÷७ ट्रक गोरु जाने गरेका छन् ।

अझ अर्को कुरा के भने कृषि प्रयोजनका नाममा ढुवानी हुने यी गोरुहरु वर्षौदेखि ट्रकका ट्रक सधै सर्लाहीको नवलपुर र कांकडभित्ता जानु र यस विषयमा सरोकारवाला वेखबर बन्नु थप रहस्यमय छ । होइन भने यी दुई ठाउँमा मात्र कृषि प्रयोजनकै लागि भन्दै ट्रकका ट्रक गोरु जाँदा समेत किन अनुसन्धानको विषय नबन्ने यी दुई स्थानको कृषि प्रयोजनमा कति गोरु आवश्यक भन्ने तस्करी रोक्न र यसमा संलग्नलाई कारवाही शुन जरुरी छ ।


प्रकाशित : २०७६ चैत्र १३, बिहीबार ०७:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech