नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो, १० जना निको

ByLumbini Darpan Online

११ बैशाख २०७७, बिहीबार २०:३२ ११ बैशाख २०७७, बिहीबार २०:३२ ११ बैशाख २०७७, बिहीबार २०:३२

लुदअ बैशाख १२, काठमाडौं
उदयपुरसँग सिमाना जोडिएको भोजपुरमा पनि कोरोना भाइरसका एकजना संक्रमित भेटिएका छन्। भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका भोजपुरका ती युवकमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ।

ती युवकलाई र्‍यापिड टेस्टमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो। जहाँ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि सर्लाहीका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमित ४८ भएका छन्। जसमा १० जना निको भएर घर गएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *