
काठमाण्डौ –
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकार पक्षका वकिललाई संवैधानिक इजलाससम्बन्धी निवेदन फिर्ता लिन आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनका मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएपछि महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका वकिलले आपत्ति जनाएका छन् । केही वकिलले संवैधानिक इजलासविरुद्ध निवेदन पनि दर्ता गराएका छन् ।
‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईँहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था हुन्न । अदालतको अवहेलना चलाउनुपर्ने अवस्था हुन्छ । फिर्ता लिनुहुन्छ या अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने हो रु’ प्रधानन्यायाधीश जबराले चेतावनी दिनुभयो ।
सरकार पक्षका वकिलले ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न नमिल्ने तर्क राख्दै आएका छन् ।

