नेपाल समूहसँग एकता असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव – प्रधानमन्त्रीका सल्लाहकार थापा

[sharethis-inline-buttons]

काठमाडौं ।
नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
नेपालको मंगलवारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् ।

थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् ।
थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। अति भयो १ अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छोडौं।’


प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार ०६:१२