प्रदेश सरकारको नीति तथा कार्यक्रम कोभिड १९ मै केन्द्रित रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल दाबि

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जेठ २८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम कोभिड १९ मै केन्द्रित रहेको बताउनुभएको छ । उहाँले प्रदेशमा देखा पर्न सक्ने तेस्रो लहरको लागि पनि तयारी स्वरुप वित्तीय स्रोत व्यवस्थापन गरिने बताउनुभयो । लुम्बिनी प्रदेशसभालाई शुक्रवार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेले प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा रहेको दावी गर्नुभयो । त्यसैको तयारी स्वरुप प्रदेशमा अक्सिजन प्लान्ट सुचारु गर्न लागिएको बताउनुभयो । कोरोना महामारीको तेस्रो लहरको प्रतिरक्षास्वरुप लुम्बिनी प्रदेशका ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण थालनी हुने भएको छ । आज प्रदेश सभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले पूर्वी रुकुमको बाहेक ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि स्रोत सुनिश्चितता भइसकेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको सक्रिय पहलकदमीमा प्रदेशमा सक्रिय संक्रमितको संख्या उल्लेख्य घटेको बताउँदै महामारीको जोखिम व्यवस्थापन गर्न सक्ने अवस्थामा आइपुगेको बताएका हुन् । उहाँले आइसोलेसन सेन्टर, कोरोना अस्पताल तथा निजी अस्पतालहरुमा समेत संक्रमितको उपचार हुने व्यवस्था मिलाएको भन्दै आउन सक्ने भनिएको तेस्रो लहरलाई समेत ध्यानमा राखेर पूर्व तयारीका कामहरु भइरहेको र प्रदेशभित्र सवैभन्दा धेरै आइसोलेशन सेन्टर र अस्पतालहरु रहेको समेत बताउनुभयो । मुख्यमन्त्री पोखेललले प्रदेश ५ को राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा करिब १४ प्रतिशत योगदान रहेको उल्लेख गर्दै प्रदेशहरुमा तेस्रो स्थानमा रहेको बताउनुभयो । प्रदेशमा कुल गार्हस्थ उत्पादनमा समेत बृद्धि भएको उहाँको दावी रहेको बताए । कुल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशलाई अगाडि बढाइएको उल्लेख गर्दै लगनशील भएर लागे प्रदेशमा दोस्रो स्थान हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

नमुना राजधानी, आर्थिक बृद्धि, कानून निमार्ण जस्ता सफलताहरु रहेको उनले दावी गरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकारसँग बहुमत छ कि छैन भन्ने विवाद अन्त्य भएको जिकिर गरेका छन् । आज शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्दा प्रतिपक्षका प्रदेश सभामा सांसदको अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितीले सरकारसँग बहुमत रहेको देखाएको दावी गरेका हुन् । उनले त्यस घटनाले सरकारमा बहुमत र अल्पमतको विषायको विवाद अन्त्य गरेको दावी गरेका हुन् । प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक संस्कृति निर्माण गर्ने कुरामा सक्षम भइनसकेको बताएका छन् । उनले प्रदेशको राजनीतिक घटनाक्रममा देखिएका विवादहरुले त्यस कुराको प्रकट गर्ने बताएका हुन् । उनले मुख्यमन्त्रीमा आफ्नो पुनर्नियुक्ति पछि देखा परेका ‘नाटकीय प्रभावले गर्दा राजनीतिमा अस्वस्थताको प्रवेश भएको’ समेत बताए । जनताले पाँच बर्षसम्मका लागि दिएको ‘म्याण्डेट’ पालना गर्न चुकेको भन्दै राजनीतिक दलहरुको अगाडी नैतिक प्रश्न उठेको बताए । आजको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारका तर्फबाट राखेको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको छ । बैठक भोली जेठ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । भोली पनि नीति तथा कर्यक्रममाथि छलफल हुने छ ।


प्रकाशित : २०७८ जेष्ठ २८, शुक्रबार १३:४१