गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले विपक्षी गठबन्धनबाट सरकार गठनका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो । अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको दाबी रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । उनको दाबी नपुगेपछि पौडेलले पोखरेललाई नियुक्त गरेकी हुन् । अब उनले आगामी ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १२:३७
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech