
नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा समक्ष तीनवटा विषयमा ज्ञापन पत्र बुझाएका छन् । आज पार्टी सभापति देउवा समक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४ औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् । नेपाली काँग्रेसको तर्फबाट सबै नागरिकलाई अनिवार्य खोपको ब्यवस्था गर्न, परिक्षणलाई ब्यापक बनाउन, हरेक पालिकामा औषधि र उपकरण सुविधा सहितको आइसोलेशन सेन्टर निर्माण गर्न र श्रमिक बर्गलाई तत्काल राहत उपलब्ध गराउन सरकार गंभीर नभएको अवस्थामा सरकारलाइ दबाब दिन अनुरोध गरेको छ । प्रत्येक जिल्लामा विपद ब्यवस्थापन कोषगठन गर्न तथा कोभिड महामारी, बाढी पहिरो र अन्य विपदविरुद्ध लड्न स्वयंसेवकका रुपमा पार्टी सदस्यहरु परिचालित गर्ने गरी कार्यविधि र सीड मनी सहित केन्द्रीय निर्देशन जारी गर्न अनुरोध सभापतिहरुले गरेका छन् ।

