ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी

लुम्बिनी दर्पण २०७८ जेष्ठ ३०, आईतवार १०:४६
[sharethis-inline-buttons]

३० जेठ, बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् ।
विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरे ।

‘कतिपय माननीयहरुले सरकारलाई बहुमत छैन भन्नुभएको छ, यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ,’ मुख्यमन्त्रीले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन । जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले वैशाख १८ गते नै माओवादी केन्द्र रोजेकी थिइन् । तर मुख्यमन्त्री पोखरेलले उनलाई एमाले सांसदकै रुपमा गणना गरेका छन् । ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुख संविधानको संरक्षणकारी भूमिकामा हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका बारेमा प्रदेशसभा नै स्पष्ट नरहेको बताए । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका ६ जना सांसद छन् । जसमध्ये महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका ४ जना हाल प्रदेश सरकारमा नै रहेका छन् । जसपाको उपेन्द्र यादव पक्ष भने विपक्षी गठबन्धनको साथमा छ ।

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी संसदीय दलमा बहुमतले निर्णय हुन दिनुपर्ने बताए ।यसैबिच प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी सांसदहरुले बहिष्कार गरे पनि छलफलमा भाग लिएका थिए । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।

आइतबार मुख्यमन्त्री पोखरेलले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रेश हुँदा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ । विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम पारित होस् भन्ने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए ।


प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार १०:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech