नेपाल सरकारका उपसचिव सञ्जेलले लिए अवकाश

ByLumbini Darpan Online

१९ असार २०७८, शनिबार १०:०८ १९ असार २०७८, शनिबार १०:०८ १९ असार २०७८, शनिबार १०:०८

काठमाडौं असार १९

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश लिएका छन्। भ्रष्ट्राचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका ५८ वर्षे सञ्जेलले ४० वर्ष ४ महिना ६ दिन सरकारी सेवामा रहेर असार १५ गते अवकाश लिएका हुन् । भ्रष्ट्राचारविरुद्ध खरो उत्रिने उच्च सरकारी कर्मचारीका रूपमा सञ्जेलले छुट्टै छाप बनाएर अवकाश लिदैँ सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका छन् । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ उनले फेसबुकमा लेखेका छन ।

सञ्जेलले २०३८ साल कात्तिक २८ गतेबाट खरिदारदेखि सरकारी सेवा सुरु गरेका थिए । उनी पछिल्लो समय श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *