काठमाडौं ,१९ असार
नेकपा एमालेले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।बैठकमा दशौं महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिएको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेका हुन् ।दशौं महाधिवेशन २०७९ साल वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव गरिएको छ । शनिबारको बैठकमा महासचिव पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशनमा लाग्नुपर्ने जनाइएको छ ।
यसअघि एमालेले आगामी मंसिर २ देखि ६ सम्म महाधिवेशन गर्ने भन्दै आयोजक कमिटी गठन गरेको थियो ।




















