ओली र नेपाल मिल्नुको विकल्प छैन : नेता भट्टराई

[sharethis-inline-buttons]

 

२० असार

 

गृह जिल्ला पुगेका विघटित प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले नेपाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए । दुवै तर्फबाट बनाइएका समानान्तर कमिटि, गरिएका समानान्तर गतिविधि खारेज गर्नुपर्छ, सहमतिमा फर्कनुपर्छ,’ उनले भने, मिल्नुको विकल्प छैन ।’ सो अवसरमा भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग पनि प्रदान गरेका थिए । भने, ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने,‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वल्र्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वल्र्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुर्नस्थापना अदालतले गर्छ।’ उनले नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने बताएका छन् । पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दुस्रो पटक पनि पुर्नस्थापना हुने सम्भावना रहेको उनले दावी गरे।

सर्वोच्च अदालतमा विधटन सम्बन्धी मुद्दाको वहसको तर्क सुन्दा संसद पुर्नस्थापना हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । ‘यो पटक पनि पहिलेकोजस्तै पुर्नस्थापनाका तर्कहरु उत्तिकै बलिया छन्, उत्तिकै जोडदार छन्, संवैधानिक छन्,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसदमा अर्को विकल्पका लागि हरदम ढोका खुला राख्नुपर्ने थियो त्यसो गर्नुभएन, संविधानमा प्रतिनिधिसभा विघटन हुनै नदिने मनसायले धारा ७६ मा एक देखि ५ सम्मका प्रावधान राखिएका हुन्, त्यसैले म ढुक्क छु, प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ ।’

 


प्रकाशित : २०७८ असार २०, आईतवार ०७:४१