काठमाडौं ,२१ असार
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । िपहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको नर्वाचन आयोगले जानकारी दिएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार पारिएको छ ।दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।




















