सरकारले सबै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने

ByLumbini Darpan Online

२३ असार २०७८, बुधबार ०७:५३ २३ असार २०७८, बुधबार ०७:५३ २३ असार २०७८, बुधबार ०७:५३

बुटवल।

सरकारले सबै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । मन्त्री श्रेष्ठका अनुसार अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु हुनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *