
लुदअ ,काठमाडौं,असार २८
प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिन भित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ ।प्रतिनिधि सभा विघटनलाई बदर गर्दै अदालतले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो ।सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।

