लुदअ ,काठमाडौं ,असार २८
सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्दैछ ।कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा गठबन्धनको बैठक बस्न लागेको हो ।एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।नेता नेपालले आफूहरू स्थायी कमिटी बैठकमा सहभागी नहुने बताएका छन् ।
।त्यस्तै विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् ।




















