लुदअ ,काठमाडौं,असार २८
निर्वाचन आयोगले संसद पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम रोकिएको बताएको छ । निर्वाचनसम्बन्धी सबै काम अब रोकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन । ‘अब चुनावसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि बढाउन मिल्दैन ।’उनले भने ।




















