रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदअ ,काठमाण्डौ ,असार२८
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।आज ट्वीटमार्फत विधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र सांसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई भनेर नेता पौडेलले सर्वोच्चको फैसलाले संविधानको रक्षा गर्ने आफ्नो अभियान सफल भएको बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् ।


प्रकाशित : २०७८ असार २८, सोमबार ११:००