
बुटवल २९ असार
आदिकवि भानुुभक्त आचार्यको मंगलबार २०८ औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ । बुटवलको ज्ञानज्योति पुुस्तकालयले पनि भानुुजयन्ती समारोह मनाएको छ । हरेक वर्ष असार २९ गते भानुुजयन्ती मनाइन्छ । भानुुभक्तको १८७१ असार २९ गते तनहुुँमा जन्म भएको थियो ।
ज्ञानज्योतिले पुुस्तकालयले कोभिड महामारीबाट सचेतना अपनाउँदै भानुुभक्तलाई उनको जन्मदिनमा सम्झिएको हो । सो अवसरमा बोल्दै पुुस्तकालयका अध्यक्ष टुुक बहादुुर क्षेत्रीले साहित्यका शिखर पुुरुष भानुुले नेपाली भाषाको एकीकरणमा ठूलो योगदान गरेको बताए । उनले पछिल्लो समय पुुस्तकालयमा पाठकको खडेरी भएको भन्दै पठन संस्कृतिको विकास गर्न जरुरी रहेको बताए ।
सो अवसरमा रचना वाचन गर्दै पुुरुषोत्तम पाण्डे, माधव आचार्य र घनश्याम घिमिरेले भानुुभक्तले समाज, भाषा र प्रशासनमा ठूला सुुधार ल्याएको बताएका थिए ।
भानुुभक्त नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

