लुदअ ,काठमाडौं असार २९
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख ब्यक्तिगत सुरक्षा अधिकृतमा डिएसपी कोमल बिक्रम शाह नियुक्त भएका छन ।प्रहरी प्रधान कार्यालयले शाहलाई प्रधानमन्त्रीको पर्सनल सेक्युरिटी अफिसर ९पिएसओ०को रुपमा काज सरुवा गरेको हो । शाह नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत थिए ।डिएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए ।




















