प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका रद्द निर्वाचन आयोग

[sharethis-inline-buttons]

लुदअ, काठमाडौं, असार ३०

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन अवस्थामा रहेकै अवस्थामा निर्वाचन तालिका घोषणा गरेर निर्वाचनको तयारीमा लागेको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतबाट प्रतिनिनिधिसभा विघटनको निर्णयलाई खारेज गरिदिएपछि आयोगले तालिका रद्द गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएका छन् ।‘सम्मानित सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमाबताइएको छ ।


प्रकाशित : २०७८ असार ३०, बुधबार १२:०३