लुदअ, काठमाण्डौं ,असार ३१
मन्त्रिपरिषद बैठक सुरु भएको छ । –सिंहदरबारमा केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरुवात भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद बैठकले संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।




















