बुटवल अुसार ३१
लुम्बिनी प्रदेश सभामा बजेट फेल हुने संकेतपछि एमालेले प्रदेशसभा बहिष्कारगरेर काहिरीएको छ ।बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन ।प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएकाले पारित नहुने बताएका थिए।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन्।आजको बैठकमा सत्ता पक्षका सांसद अजय शाही बिरामी भएर अनुपस्थित भएकाले सरकारको पक्षमा बहुमत नपुग्ने देखेर सत्ता पक्ष वैठकबाट बाहिरिएको विपक्षी गठवन्धनले बताएको छ।
साउन १ गते अगावै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले सरकारलाई बजेट पारित गर्न संकट परेको छ। सत्ता पक्षका प्रमुख सचेतकको मागअनुसार सभामुखले आधा घण्टाका लागि प्रदेश सभा वैठक स्थगित गरेपनि सत्तारुढ दल बैठकको तयारी गरेनन्।
बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए।त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए। एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले दलहरुबीच सहमति कायम गरी बजेट पारित गर्नका लागि छलफलका लागि समय माग्दै गर्दा मन्त्रीहरु र सत्ता पक्षका सांसदहरु भने बाहिरिन थालिसकेका थिए।




















