काठमाडौँ, साउन २
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेपछि आफूलाई आराम मिलेको छ । आफूलाई भेट्न आएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, दलका नेता राजेन्द्र महतो र अर्का नेता शरदसिंह भण्डारीसहितसँगको संवादका क्रममा ओलीले यस्तो बताएका हुन्।
ुकरिब २० दिन सत्ता सहकार्य गरेका ओली र अध्यक्ष ठाकुरसहितका नेताबीचको भेटघाटलाई जसपाका नेताहरुले शिष्टाचार भनेका छन्। जसपा नेता भण्डारीले आजको भेटघाटमा कुनै राजनीतिक कुराकानी नभएको बताएका छन्।
जसपा भेटका क्रममा ओलीले सत्ताबाट बाहिरिएपछि आफूले आराम गर्न पाएको बताएका थिए। ुप्रधानमन्त्री पद छाडेर बालुवाटारबाट बाहिरिएपछि आराम गर्न पाएको छु। बालकोटमा आएर बस्दा ुरिल्याक्सु भएको छ, बहुत आनन्द आएको छु, ओलीको भनाइ उद्धृत गर्दै जसपा नेता शरदसिंह भण्डारीले नेपालखबरसँग भने, ुअब केही समय आराम गर्छु, त्यसपछि राजनीतिक छलफल र संवादलाई अघि बढाउँदै सक्रिय हुनेछु।




















