
लुदअ, काठमाण्डौं ,साउन २
एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएको छन । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘२०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो’ तामाङले जानकारी दिए ।

