प्रचण्ड र नेपालबीच भेटवार्ता

ByLumbini Darpan Online

२ श्रावण २०७८, शनिबार १०:१८ २ श्रावण २०७८, शनिबार १०:१८ २ श्रावण २०७८, शनिबार १०:१८

लुदअ ,काठमाण्डौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको । प्रचण्ड नेता नेपाललाई भेट्न नेपालको निवास कोटेश्वर शनिबार दिउँसो साढे १ बजे पुगेका हुन् ।

उनीहरु बीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले जानकारी दिएको छ । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *