लुदअ, काठमाडौँ, साउन ३
नेपाली कांग्रेसले आइतबार प्रतिनिधि सभामा अनिवार्य उपस्थित भएर पार्टीको पक्षमा उभिन ह्वीप जारी गरेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संसदीय दलको बैठकले आइतबार प्रतिनिधि सभामा पार्टीको पक्षमा उभिन कांग्रेसका सांसदहरूलाई ह्वीप जारी गरेको हो।पार्टी सभापति एवम् नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। संसदीय दलको बैठकले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित भएर विश्वासको मत लिने प्रक्रियालाई सफल पार्न ह्वीप जारी गरेको सचेतक पुष्पा भुसालले बताइन ।




















