काँग्रेस संसदीय दल बैठक सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ,काठमाडौँ, साउन ३

नेपाली काँग्रेसको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवासहित सांसदहरू सहभागी हुन पुगिसकेका छन्। बैठकमा प्रधानमन्त्रीले संसद्मा आज लिने विश्वासको मतसहित संसद्मा खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ।दलका नेता देउवाले प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेपछि अर्को व्यक्तिलाई प्रमुख सचेतक तोक्ने सम्भावना समेत रहेको छ ।


प्रकाशित : २०७८ श्रावण ३, आईतवार ११:१९