लुदअ ,काठमाडौं ,साउन ३
प्रतिनिधिसभा बैठक सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसेको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यतालिका रहेको छ।बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन पुगिसकेका छन्। त्यस्तै, अन्य सांसदहरु आउने क्रम जारी रहेको छ।यता नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भने बैठक सुरु हुन अघि नै पुगिसकेका थिए।




















