
बुटवल, साउन ४
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले कानुनी हिसावले उनलाइ हटाइने चेतावनी दिएका छन । उनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेकाले पदमा रहन नमिल्ने बताएका हुन । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका थापाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले पदमा नटाँसिएर स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने बताएका हुन् । आज हामीसग कुराकानी गर्दै उनले नैतिकताको आधारमा मुख्यमन्त्री पद नछाडेपछि कानुनी हिसाबले र राजनितिक हिसाबले प्रतिवाद गरेर अब छिट्टै पदबाट हटाउने पनि उनले बताएका छन् ।
लुम्बिनी प्रदेशमा अहिले कुल ८३ जना सांसद रहेका छन् । बहुमत पुग्नका लागि ४२ जना सांसद चाहिन्छ, जून मुख्यमन्त्री पोखरेलसँग नभएको बरालले बताए ।