
टिकाराम घिमिरे
आयो आयो साउन को महिना आयो हरिया चुरा नाडिमा लगाइयो।।छिनछिन चुराको बजाइले माया बढायो । अहो घरै ऊज्यालो बनाइदियो दिदि बहिनि र आमाको मनै रमायो ।।
माइति चेली को सम्बन्ध बढायो आयो आयो साउनको रमाइलो महिना आयो।।हातमा रातो मेहेन्दि को गन्ध बसायो शिवको आरधनाले मन रमायो ।।
सुन्दर प्रेमको जोडिको उपवासको महिना यो उनले लगाएका चुराले मन रमायो ।।
पखालि हिलो मैलो चुरा लगाईयो
ऊ हेर तिज दसै तिहार बोलाइयो ।।