ओम प्रकाश पौडेल। , कपिलवस्तु ।
१७औँ कपिलवस्तु महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको छ। महोत्सवलाई सफल बनाउन बाणगंगा नगरपालिका क्षेत्रका विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।मंसिर ६ गते आइतबार बसेको बैठकमा महोत्सवको व्यवस्थापन, डान्स आइडल सञ्चालन, सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन तथा विभिन्न जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल भएको थियो ।
बैठकले महोत्सवलाई व्यवस्थित बनाउन सबै क्लबले सक्रिय सहभागिता जनाउने, डान्स आइडललाई थप व्यवस्थित बनाउने, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तथा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, महोत्सव सफल बनाउन सम्बन्धित क्लब तथा प्रतिनिधिहरूले आफ्नो जिम्मेवारीअनुसार समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरिएको छ।मूल समारोह समितिका संयोजक गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले सबैको एकताबद्ध प्रयासबाट १७औँ कपिलवस्तु महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




















