बालुवाटारमा पार्टीका कुनै कार्यक्रम नगर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस ,काठमाडौं ,साउन ४

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै कार्यक्रम नगर्न आग्रह गरेका छन । नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री निवासमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका हुन् । ।प्रधानमन्त्री देउवा बालुवाटार सरेकै दिन पार्टीको पदाधिकारी बैठक गरेका थिए ।यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासलाई पार्टी र आफु निकट संघसंस्थाहरुको नियमित कार्यक्रम गर्ने थलो बनाएका थिए ।

देउवाले पनि ओली प्रवृति नै पछ्याउन थालेको भन्दै सवत्र्र आलोचना भएको थियो । कांग्रेस नेता थापाले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ।’थापाले आफुहरुलाई दिलाएको विश्वासलाई सधैंभर कायम राखिदिन देउवालाई आग्रह गरेका छन् ।


प्रकाशित : २०७८ श्रावण ४, सोमबार ०९:१९