लुदस ,काठमाडौं साउन ४
२२ सांसदलाई तत्कालै कारवाही गर्नुपर्ने माग गर्दै एमाले केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले माग गर्दै हुटिङ गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेपछि उनीहरुले तत्काल हलबाटै कारवाही गर्नुपर्ने माग गरेका हुन् । ललितपुरको च्यासलमा जारी१०औं केन्द्रीय कमिटी बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई लगायतका केन्द्रीय सदस्यहरुले तत्कालै २२ सांसदलाई कारवाही माग गरेका छन् ।
नेपालसहितका २२ जना सांसदले सोमबार राति पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । नेपाल पक्षका मात्र नभएका ओली पक्षकै ८ जना सांसदले समेत फ्लोर क्रस गरेका थिए । नेपाल पक्षका ११ जना सांसदले भने पार्टी एकता वचाउने भन्दै विपक्षमा मतदान गर्ने पार्टीको निर्देशनलाई समेत अवज्ञा गर्दै मतदान बहिस्कार गरेका थिए ।