ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

माधव नेपाल सरकारमा सहभागी हुने सोचमा

लुम्बिनी दर्पण २०७८ श्रावण ५, मंगलवार ०९:०९
[sharethis-inline-buttons]

लुदस , काठमाडौँ ,साउन ५

नेकपा एमालेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने सम्भावना देखिएको छ । तर, एमालेमा पछिल्लो समय चलिरहेको एकता प्रयासले कुन मोड लिन्छ भन्ने हेरेर मात्र आफू अगाडि बढ्ने नेपालले बताएका छन् ।केही दिन यता नेपाल पक्षधर सांसदमा पनि मतभेद देखिन सुरु गरिसकेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा यो गुटमा नेताहरुबीच भएको सामान्य मतभेद अब सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा पनि देखिन थालेको छ ।

ओलीसँग लडेर बस्नुभन्दा अलग पार्टी बनाउने र सरकारमा सहभागी हुने मुडमा नेपाल हुनुहुन्छ,’ उनीनिकट एक नेताले भने, ‘अस्ति सांसदमा देउवालाई विश्वासको मत दिएका र ओलीनिकट भनेर चिनिएका सांसदहरुले पनि हामी सहयोग गर्छौँ, सरकारमा जानुहोस् भन्ने सन्देश नेपाललाई पठाउनु भएको छ । यस्तो भएको खण्डमा उहाँ सरकारमा जानुहुन्छ ।’

आजै नेपालले प्रचण्डसँगको छलफलपछि आफ्नो समूहको भेला बोलाएका छन् । अर्कोतिर आजै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । यो बैठकले नेपाललगायत देउवालाई विश्वासको मत दिएका नेताहरुलाई कारवाही गर्ने सम्भावना छ ।

नेपाल सरकारमा सहभागी भएको खण्डमा उनलाई ४ मन्त्रलाय दिन आफू तयार रहेको यसअघि नै देउवाले उनलाई बताइसकेका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपछि भोलिपल्ट नेपाल भेट्न नेपालनिवास कोटेश्वर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन र सरकारमा आउन नेपाललाई अनुरोध गरेका थिए ।

सर्वोच्च अदालतले त्यसभन्दा अघिल्लो दिन संसद पुनस्र्थापना तथा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएलगत्तै कोटेश्वरमा नै पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । त्यो बैठकमा आफू अब गठबन्धनमा नरहने नेपालले बताएका थिए । तर, बालुवाटारबाट बालकोट पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा नेपाललाई कुनै ठाउँ नभएको र उनी गद्दार भएको अभिव्यक्ति दिएका थिए ।त्यसपछि एमालेमा ओली र नेपालबीचको दूरी थप बढेको छ । नेपालले देउवालाई विश्वासको मत दिएपछि ओलीले फेरि नेपालले गद्दारी गरेको दोहोर्याएका छन् ।

एमालेमा देखिएका यी घटनाक्रमका कारण अब आफू फेरि ओलीसँग मिल्न नजाने अनुमान नेपालले गरिसकेका छन् । ‘त्यही भएर पनि उनले सरकारमा सहभागी हुने मुड बनाउनु भएको हुनसक्छ,’ उनी निकट एक नेताले भने, ‘यसबारे आजको छलफलपछि थप कुराहरु आउला ।’आज विहान कोटेश्वरमा आफ्नै निवासमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । यो भेटमा प्रचण्ड र यादव दुवैले नेपाललाई सरकारमा सहभागी भएरै अगाडि बढ्न सुझाव दिएका थिए ।

विश्वासको मत दिएका सांसदहरुले अब पार्टी एक हुन नसक्ने अवस्थामा पुगिसकेको भन्दै नेपाललाई सरकारमा सहभागी हुन सुझाएका छन् । यही विषयमा आज विहान प्रचण्डसँग पनि नेपालको छलफल भएको स्रोतको दाबी छ ।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ०९:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech