प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदस, काठमाडौं ७ साउन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री देउवाले राजदूत किकुटालाई मायाको चिनो ९टोकन अफ लभ० प्रदान गरेका छन् ।

यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १२:२१