![](https://lumbinidarpanonline.com/wp-content/uploads/2021/07/bhim-rawal-1-150x150.jpg)
लुदस, काठमाडौं , साउन ८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।