प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता

[sharethis-inline-buttons]

लुदस ,काठमाडौं साउन ८

प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जाहेर गरेका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जतिसुकै महंगो खोप परेपनि नेपाली जनतालाई ऋणै काँढेर खोप लगाइदिने प्रतिबद्धता जाहेर गरेका हुन ।

‘ऋण, सापट लिएर भए पनि जहाँ जहाँ पाइन्छ महंगो खोपै भए नेपाली जनतालाई लगाउँछौँ भनेर प्रतिबद्धता गरेका छौँ । अवश्य पनि त्यो प्रतिबद्धता पूरा गर्दछौँ ।’उनले. भने ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १०:१८