फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको माधव नेपालको दाबी

ByLumbini Darpan Online

८ श्रावण २०७८, शुक्रबार ११:३२ ८ श्रावण २०७८, शुक्रबार ११:३२ ८ श्रावण २०७८, शुक्रबार ११:३२

काठमाडौं ,साउन ८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो पटक संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारेको दाबी गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले साउन ३ गते संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारिएको दाबी गरेका हुन् ।नेपालले संसद विघटन गर्ने आफ्नो कदम ठीक भएको देखाउन आफ्नै पार्टीका केपी शर्मा ओलीले विश्वासको मत नदिने षड्यन्त्र गरेको जिकिर गरे । ‘तर हामीहरुले त्यसलाई असफल बनायौं’, उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’नेपालले देउवालाई विश्वासको मत दिने आफुसहित नेकपा एमालेका २३ जना ९झलनाथ खनालसहित० र विपक्षमा मतदान नगर्ने ११ जनालाई सलाम भने ।

नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिइ संसद विघटन गर्न खोजिएको षड्यन्त्रलाई आफु सहितका सांसदहरुले असफल बनाएको बताए ।नेपालले अहिले पनि अध्यक्ष ओलीले राजामहाराजाको शैली देखाइरहेको आरोप लगाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *