लुम्बिनी प्रदेशमा स्थायी राजधानीबाट काम गर्ने गरी तयारी तीव्र

ByLumbini Darpan Online

८ श्रावण २०७८, शुक्रबार ११:३९ ८ श्रावण २०७८, शुक्रबार ११:३९ ८ श्रावण २०७८, शुक्रबार ११:३९

साउन ८ बुटवल

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्णय भएको एक वर्षभित्र सबै मन्त्रालयको काम स्थायी राजधानीबाट गर्ने गरी काम तीव्र पारेको छ । देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई प्रयोग गरेर अहिले प्रदेश मन्त्रालयहरुको स्थानान्तरणको काम थालिएको छ । स्थायी राजधानी घोषणा भएको दश महिना पुग्न थालेको छ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयन दुई प्रक्रियाबाट गरिरहेको छ । अहिले मौज्दात पुरानो संरचनामा प्रदेश मन्त्रालय स्थानान्तरण गरेर काम थाल्ने र प्रदेश सभा सञ्चालनसँगै दीर्घकालीन पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माणको काम थालिएको छ। राजधानीको निर्णय टुङ्गिएको एक वर्षभित्र सबै मन्त्रालय स्थानान्तरणको तयारी प्रदेश सरकारले गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *