केपी शर्मा ओलीलाई प्रधानमन्त्री देउवाले संसदमा खोजे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस ,काठमाण्डौं , साउन ८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको प्रतिनिधि सभामा खोजी गरेका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् ।

सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने,‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न् । उपनेता तथा पूर्व सभामुखले पनि नयाँ संस्कृतिबारे बोलेपनि मेरो कुरा नसुनी हिँडिदिनुभयो ।’

प्रधानमन्त्री देउवाले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई संविधानको धारा ७६ को उपधारा ५ किन लेख्नुभयो भनेर सोध्नेवाला भएको भन्दै उनले ‘अब कहिल्यै पनि बीचमा यो संविधान भत्किने छैन’ भनेर सम्झिरहेको बताए ।उहाँले पार्लियामेन्ट भंग हुनेछैन भनेर बोलेको म झल्झल्ती सम्झन्छु । अर्को कुरा राष्ट्रपति स्वयंले ७६ को ५ अनुसार आउनुस् भनेर आव्हान गरेअनुसार हामी बहुमत सदस्यको हस्ताक्षर लगेका हौ । उहाँले प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत प्राप्त गर भन्न सक्नुहुन्थ्यो तर गर्नुभएन’ प्रधानमन्त्री देउवाले यसअघि संविधानसम्मत आफु राष्ट्रपतिकोमा जाँदा बेवास्ता गरिएको बताएअब प्रतिनिधिसभाको अर्को बैठक साउन १२ गते मंगलबार १ बजे बस्नेछ ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १२:२१