
लुदस,काठमाडौं, साउन ९
नेपाली कांग्रेसको नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले वडा अधिवेशन स्थगन् गर्ने निर्णय गरेको हो । यसअघि वडा अधिवेशन आउने साउन १२ गतेको लागि तोकिएको थियो ।तर अधिवेशनको नयाँ मिति भने घोषणा गरिएको छैन् । पार्टीको १४औं महाधिवेशन भने निर्धारित मितिमै हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

