केपी ओली नराम्रोसँग पछारिए प्रचण्ड

ByLumbini Darpan Online

९ श्रावण २०७८, शनिबार १२:१६ ९ श्रावण २०७८, शनिबार १२:१६ ९ श्रावण २०७८, शनिबार १२:१६

लुदस, काठमाडौं ,साउन ९

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्रोसँग पछारिएको टिप्पणी गरेका छन् ।“केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् । विक्षिप्त छन् अहिले । बरबराउँछन् । कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन्,” प्रचण्डले भने, “अब यो बरबराहट पनि उनको धेरै दिन रहन्छजस्तो लाग्दैन । उनकै पार्टीले उनलाई चिन्नेक्रम सुरु भइसकेको छ ।”नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *