निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण कांग्रेस प्रवक्ताले गराए

[sharethis-inline-buttons]

लुदस,काठमाडौं ,साउन १०

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ ।प्रवक्ता शर्माले पन्तको हत्याबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराउँदै हत्यारालाई कारवाहीको दायरामा ल्याउने दायित्व निभाउन अनुरोध गरेका छन् ।

शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ‘प्रतिपक्षमा छँदा हामीसँग प्रश्न थिए अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’ शर्माले भनेका छन्।


प्रकाशित : २०७८ श्रावण १०, आईतवार ०९:०५