स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार ११:२३ १० श्रावण २०७८, आईतवार ११:२३ १० श्रावण २०७८, आईतवार ११:२३

लुदस,काठमाडौं,साउन १०

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ७६ को उपधारा ९ अनुसार सांसद श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *